गण्डकी प्रदेशले  जिल्लामा पुर्‍यायो पीपीई र नगद

रासस

चिप्लेढुङ्गा

कोरोना भाइरसको रोकथामका लागि गण्डकी प्रदेश सरकारले अस्पताल र स्वास्थ्यकर्मीलाई तत्कालका लागि केही पिपिई  र नगद प्रदान गरेको छ। 

 प्रदेशको कोराना रोकथाम, नियन्त्रण र उपचार समन्वय समितिका संयोजक एवं प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तत्कालका लागि प्रत्येक जिल्ला अस्पतालमा पाँचपाँच थान पिपिई र रु १० –१० लाख आइतबार पठाइएको जानकारी दिए। 

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रत्येक स्थानीय तहसम्म खाद्यान्न आपूर्ति सहज गराउने गरी समन्वय समिति गठन गरेको  छ। 

समन्वय समितिका संयोजक  गुरुङका अनु्सार  समितिले खाद्यान्न औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति अनुगमन गर्ने, अभाव भएको ठाउँमा सामाग्री पठाउने प्रबन्ध मिलाउने, कालो बजारी रोक्ने र गर्नेलाई कारवाही गर्नेछ। पालिकाहरुले आवश्यकतानुसार वडावडास्तरमा पनि समिति गठन गर्न सक्नेछन्। 

प्रकाशित मिति: : 2020-03-30 13:30:52

प्रतिकृया दिनुहोस्