युराेपमा अर्काे कम उमेरका किशाेरीकाे बेल्जियममा निधन

लक्ष्मण देवकोटा

जेनेभा ब्यूराे

पाेर्चुगालमा १४ वर्षकाे एक किशाेरले काेराेना भाइरसकाे संक्रमणबाट ज्यान गुमाएकाे तीन दिन नबित्दै बेल्जियममा १२ वर्षीय अर्का किशाेरीकाे निधन भएकाे छ। बेल्जियमकाे राष्ट्रिय आपतकालिन केन्द्रका प्रवक्ता इमानुयल आन्द्रेले पत्रकार सम्मेलन मार्फत् यसकाे जानकारी दिएका हुन्।

‘आज हामी असाध्यै दुःखी छौँ । देशका स्वास्थ्यकर्मी र वैज्ञानिकहरु स्तब्ध छन् ।हामीले उनको परिवारलाई सम्झिरहेका छौँ,’ उनले शोक व्यक्तमा भने। 

लकडाउनमा रहेको बेल्जियममा १२ हजार ७ सय ५ स‌ंक्रमित रहेकोमा अहिलेसम्म ७ सय  ५ जनाको ज्यान कोरोनाको कारण गइसकेको छ । बेल्जियममा ११ दशमलव ५ मिलियन मानिसको बसोबास छ ।
 

प्रकाशित मिति: : 2020-03-31 18:11:04

प्रतिकृया दिनुहोस्