राहत लिन आएका काेही सामाजिक दूरीकाे पालना गर्दैनन्

जीवन बनिया

रुपन्देही
रुपन्देहीकाे क्षेत्र नम्बर ५ स्थित मायादेवी गाउँपालिका वडा ४ मा राहतका लागि लागेकाे भीड।

रुपन्देहीकाे क्षेत्र नम्बर ५ स्थित मायादेवी गाउँपालिका वडा ४ मा राहत बाड्ने काम सम्पन्न भएको छ।  वडा नम्बर ४ भित्र पर्ने गुन्डी, सुन्डी, रमावापुर, बनकसिया लगायतका स्थानमा चैत २१ र २२ गते राहत बाड्ने काम सम्पन्न भएको मायादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धनपाल मल्लाहले जानकारी दिए।

वडा कार्यालयको आयोजनामा राहत बाड्ने काम गरिएको २ सय ११ बिपन्न परिवारलाइ २ किलो दाल, एक पोका नुन, दुइ वटा डिटल साबुन र एक लिटर तेल ४ जना परिवार सङ्ख्या भए १० किलो चामल र सो भन्दा बढि परिवार सङ्ख्या भए १५ किलो चामल वितरण गरिएको मल्लाहले बताए।

राहत वितरण गुन्डीको वडा कार्यालय परिसरमा गरिएको थियो। राहत पाउने खुसी थिए भने राहत नपाउनेले गुनासाे गरे। टन्टलापुर घाममा राहत लिन जानेहरु अव्यवस्थित रुपमा वडा कार्यालय अगाडि उभिएकाे र कोरोना भाइरसको सन्त्रासले सरकारले दूरी कायम गर्ने गरि बस्न भने पनि स्थिति त्यस्तो नदेखिएकाे त्यहाँ उपस्थित ब्यक्तिहरुले बताए।

मेला लागे जस्ताे गरि मानिस जम्मा भएकाेले सामान वितरण गर्न पनि अन्याैल सिर्जना भएकाे थियाे। ‘सामाजिक दूरी कायम राख्नु भनेर कति पल्ट भन्याै, सम्झायाैं तर कसैले पालना गरेनन्,’ वडा अध्यक्ष मल्लाहले गुनासाे गरे।  

प्रकाशित मिति: : 2020-04-04 22:36:32

प्रतिकृया दिनुहोस्