अमेरिकाबाट के लेख्न सकिन्छ र 'प्रिय खबर' ?

अमेरिकाबाट यतिबेला कुनै पनि तथ्यांक प्रिय आउँन सक्दैनन्। हरेक मिनेटमा कोरोना तथ्यांक परिवर्तन भैरहेका छन् र ती तथ्यांक अगिल्लो मिनेटभन्दा थप अप्रिय छन्। 

केही मानिस अप्रिय तथ्यांकलाई नकारात्मक तथ्यांक भन्छन्, तर तथ्यांक आफैंमा नकारात्मक र सकारात्मक हुदैनन्। हुने भनेको धेरैमा प्रिय र अप्रिय मात्र हो। सर्वसाधारण मानिसलाई आफ्ना प्रिय तथ्यांक छान्ने र त्यसमाथि धारणा बनाउने छुट भए पनि एक पत्रकारलाई त्यस्तो छुट हुदैँन। त्यसैले चाहे पनि नचाहे पनि उसले ती तथ्यांक सूचनाको रूपमा आममानिस समक्ष पस्कनु नै पर्छ। किनकि, सूचना आममानिसको नैसर्गिक अधिकार हो।

पछिल्लो तथ्यांकनुसार अमेरिका कोरोना संक्रमितको 'तीन लाखे क्लबमा प्रवेश गरिसकेको छ। यो समाचार तयार पारिरहेको बेला अमेरिकामा कोरोना संक्रमितको संख्या ३०८,१२४ पुगेको छ। विश्वमा यतिबेला १, १९६,९४४ संक्रमित छन् । यो तथ्यांकलाई  आधार मान्दा अमेरिकामा मात्र विश्वमा कोरोना भाइरस संक्रमितमध्ये एक चौथाइ संक्रमित छन्।

अमेरिकामा शारीरिक रूपमा जीवन गुमाउने र संक्रमितभन्दा मानसिक रूपमा प्रताडितको संख्या लाखौं गुणा बढी छ। अपवादलाई छोडेर यतिबेला अमेरिकामा नडराउने कोही छैन। यो रोगको चरित्र नै यस्तो छ कि कुन बेला को कोरोनाको पाहुना हुने हो भन्न सकिदैन। वालवालिकादेखि वृद्धवृद्धासम्म- सबै यसका शिकार बनसकेकै छन्। सबै धर्म, रंग, वर्ण, लिंग, वर्ग, पार्टी, विचारका मानिस भनेर यसले विभेद गरेको छैन, संख्यामा उन्नाइस-बीस मात्र भएको छ। 

अमेरिकामा पनि न्युयोर्क सहरलाई यसले इपिसेन्टर बनाएको छ। बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक चरित्रको कहिलै ननिदाउने यो सहरमा विश्वभरका आप्रवासी आआफ्नो मिनीदेश बनाएर बसेका छन्। नेपालीको पनि मिनी नेपाल छ न्युयोर्कमा। कुइन्सको ज्याक्सन हाइट आसपासमा रहेको मिनी नेपाल रहेको ठाउँमै अहिले कोरोना भाइरसको गुँड भेटिएको छ। तर, यस्तो प्रतिकुल अवस्थामा पनि त्यहाँको नेपाली डायस्पोरा उच्च मनोबलका साथ कोरोनासँग जवाफी युद्ध गरिरहेको छ। 

अमेरिकामा कोरोनाको इपिसन्टर न्युयोर्क अनि त्यसको पनि इपिसेन्टर कुइन्समै छ मिनी नेपाल। त्यहाँका एकजना मेरा मित्र भन्दै थिएँ, 'हामीले त यतिबेला अरू राज्यमा बास पनि पाउँने अवस्था छैन। हामीलाई थाहा छ, त्यसैले हामी त्यो प्रयास पनि गर्दैनौं ।'सुन्दा अमानवीय लाग्छ तर यो एक किसिमको तीतो सत्य हो।जब आजको अमेरिकाको सत्य नै यस्तो छ भने अमेरिकाबाट के लेख्न सकिन्छ र 'प्रिय खबर' ?

कति नेपाली त्यहाँ संक्रिमत भएका छन्, त्यसको एकिन तथ्यांक पाउँन गाह्रो छ। तर, एक अनुमान अनुसार त्यहाँ केही सय नेपाली माइल्ड कोरोनाका शिकार भएको हुनुपर्छ। यो त शारीरिक रूपका विरामीको कुरा भयो, मानसिक रूपमा त त्यहाँका हरेक नेपाली कोरोना संक्रमित छन्। त्यहाँ रहेका हरेक नेपालीको पीडा अमेरिकाका अन्य राज्य, नेपाललगायत विश्वभर छरिएर रहेका आफन्तसम्म पुगेको छ। 

अहिलेको अवस्थामा त्यहाँ जो जो छन्, उनीहरू त्यही रहेर आफ्नो अवस्था अनुसार कोरोनाविरूद्धको मोर्चा सम्हाल्नुको विकल्प छैन। त्यहाँबाट अन्य राज्यमा जान त प्रतिवन्ध छैन तर आफू र आफन्तका लागि पनि त्यो प्रिय विकल्प हुने अवस्था छैन। 

न्युयोर्कमा रहेका एकजना मेरा मित्र भन्दै थिएँ, 'हामीलाई यतिबेला अरू राज्यमा बास पनि दिदैनन्। हामीलाई थाहा छ, त्यसैले हामी त्यो प्रयास पनि गर्दैनौं ।'

सुन्दा अमानवीय लाग्छ तर आजको अमेरिकाको तीतो सत्य हो यो।

अनि यो पनि सत्य हो कि अमेरिकामा यतिबेला यस्ता राष्ट्रपति छन् जो भन्छन् 'अमेरिका कहिलै लकडाउन हुदैन। यो त्यसका लागि बनेको देश नै हैन।' अनि, मृतकको संख्या एक लाख पुग्दा नै रोक्न सक्दा त्यो आफूहरुको सफलता हुने बताउँछन्।

जब आजको अमेरिकाको सत्य नै यस्तो छ भने अमेरिकाबाट के लेख्न सकिन्छ र 'प्रिय खबर' ?

प्रकाशित मिति: : 2020-04-05 03:51:11

प्रतिकृया दिनुहोस्