साढे ३१ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

लकडाउनको फाइदा उठाउँदै लागुपदार्थ ओसारपसारमा सक्रिय दुईजनालाई मोरङको बेलबारी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको छ।

झापाको दमकबाट सिराह लैजादै गरेको अवस्थामा ३१ दशमलव ६९ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

प्रहरी प्रमुख अधिकारीका अनुसार दिउँसो प्र‍.२.००१ प २६७२ नम्बरको मोटरसाइकलमा सवार सिराह मिर्चैया नगरपालिका ५ का २७ वर्षीय सन्तोषकुमार सिंह र २४ वर्षीय विजय मण्डललाई खैरो हिरोइनसहित बेलबारी नगरपालिका ३ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरेको हो।

चेकजाँचका क्रममा मण्डलले खुट्टाको मोजाभित्र लागुपदार्थ लुकाइरहेको अवस्थामा बरामद भएको उनले बताए। बरामद गरिएको लागुपदार्थको बजार हेरिकन प्रति ग्राम कम्तीमा ४० देखि ५० हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए।

पक्राउ गरिएकाहरुबाट विभिन्न तीनवटा निकायले लकडाउनका लागि उपलब्ध गराएको पास समेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-04-08 18:27:42

प्रतिकृया दिनुहोस्