उर्वशीकाे फेसबुक पेज ह्याक, अश्लिल तस्वीर र भिडियो पनि पोष्ट

नायिका उर्वशी रौटेलाको फेसबुकमा निकै सक्रिय छिन्। उनी फ्यानहरुकाे डिमाण्ड अनुसार नयाँ नयाँ तस्बिर सेयर गर्छिन्। तर उनै उर्वशीकाे फेसबुक पेज ह्याक भएको छ ।

 उनले सामाजिक संजाल ट्विटरको माध्यमबाट यो कुराको जानकारी दिएकी छिन् ।

उर्वशीको फेसबुक फेज ह्याक गरेर ह्याकरले अश्लिल तस्वीर र भिडियो पनि पोष्ट गरिरहेका छन् । उर्वशीका अनुसार, ह्याकरले अहिले उनीसँग पैसाको समेत माग गर्न थालेका छन् ।

यसैले पनि उर्वशीले फेसबुक पेजबाट पोष्ट भएका कुनै पनि सामाग्री आफूले पोष्ट नगरेको र यसमा विश्वास नगर्न शुभचिन्तकहरुलाई अपिल गरेकी छिन्।

उर्वशीले मुम्बई प्रहरीमा पनि यो कुराको जानकारी गराएकी थिइन् । मुम्बई प्रहरीले यो कुरालाई गम्भिर रुपमा लिदैँ यसको जिम्मा साइबर सेललाई दिएको छ ।

मुम्बई प्रहरीले यो केसलाई गम्भिर रुपमा लिएको छ । अहिले फेसबुकमा आफ्नाे पकड जमाइसकेकाे उनले जानकारी दिएकी छिन्।

प्रकाशित मिति: : 2020-04-26 15:22:25

प्रतिकृया दिनुहोस्