माधुरी दीक्षितले अनलाइनबाट नाँच्न सिकाउने

अभिनेत्री माधुरी दीक्षितले अनलाइनबाट नाँच्न सिकाउने भएकी छन्। विश्व नाँच दिवसको अवसरमा ‘डान्स विथ माधुरी’ ले नेनेसँगको सहकार्यमा अनलाइनबाट माधुरीलाई प्रत्यक्ष प्रशारणमा जोड्ने भएको छ।

एक भिडियो सन्देश जारी गर्दै माधुरीले भनेकी छन्, ‘दुई दिनलाई सिकाईसँगै मस्ती गर्न म आउँदैछु।’ यो कार्यक्रममा सहभागी हुनको लागि फारम भरेर त्यहाँ दिइएको निर्देशन अनुसार गरेमा नाम दर्ता हुनेछ। ‘डान्स विथ माधुरी’ को वेव साइट र इन्स्टाग्राममा यस कार्यक्रमबारे जानकारी पाउन सकिन्छ।

दुई दिनको यो कार्यक्रमलाई महोत्सवको रुपमा व्याख्य गरिएको छ। २९ अप्रिल र ३० अप्रिल हुने कार्यक्रम ११ बजेदेखि सुुरु भएर बेलुका ७ बजे सकिने छ। कार्यक्रममा बलिउडका चर्चित हस्ति, निर्देशकहरु फराह खान, सरोज खानसँगै लगायत थुपै हस्तीहरु हुनेछन्।

2 days of fun & learning with LIVE interactions, dance classes & more only at the first edition of #DWMDanceFestival ????????Get ready to #GrooveInYourRoom with @MadhuriDixit & some of the best dancers, choreographers & industry experts????

More details here - https://t.co/M8yq2QVT0q pic.twitter.com/WC1gjQRtmw

— DanceWithMadhuri (@dancewithMD) April 28, 2020
प्रकाशित मिति: : 2020-04-29 11:37:01

प्रतिकृया दिनुहोस्