भारततर्फ लैजाँदै गरेकाे ७ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको अवस्थामा सीमावर्ति क्षेत्रतर्फ अबैध रुपमा लैजाने क्रममा ७ हजार  लिटर घरेलु मदिरा बरामद प्रहरीले बरामद गरेको छ ।  

ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो महातमा रहेको चोप्राह,कर्सिया, डाईनिया, लगायतका स्थानहरुबाट साइकल  तथा मोटरसाइकलको प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ७ हजार लिटर नियन्त्रणमा लिएको हो।  

प्रहरीका अनुसार उक्त मदिराको बजार मूल्य अन्दाजी १ लाख रुपैयाँ बराबरको रहेको छ। बरामद गरिएको मदिरा बिराटनगरस्थित आन्तरिक    राजस्व कार्यलयमा  बुझाइएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।

प्रकाशित मिति: : 2020-05-21 14:59:17

प्रतिकृया दिनुहोस्