नाकाबाट आईरहेका हजारौंलाई खाना खुवाउदै सुदूरका ‘हिरो’हरू

कोरोनाका कारण बेरोजगार भई भारतबाट घर फर्किरहेका नेपालीलाई नाकामा खाना खुवाउने पवित्र अभियानमा निरन्तर जुटेका छन् सुदूरका मनकारी ‘हिरो’हरु । 

खल्तीमा पैसो छैन अनि भारतीय साहुले काम गरेको पैसा समेत नदिएपछि बेखर्ची भई घर पुग्न लागेका नेपालीलाई खाना खुवाउने अभियान चलेको छ यहाँ ।

कैलालीको प्रमुख नाका गौरीफण्टा र कञ्चनपुरको प्रमुख नाका गड्डाचौकीमा दिनहुँ हजारौको संख्यामा आईरहेका थकित  नेपालीहरु एक छाक खाना र एक बोतल पानी बोकेर नेपाल पस्न पाएका छन्। 

अनेकौ हण्डर खाएर आफ्नो देश चुम्दा गरिएको व्यवस्था ले उनिहरुलाई पनि लागिरहेको छ ‘आफ्नो भनेको आफ्नै हो चाहे त्यो देश होस या देशवासी।’ 

शनिबार बिहानसम्म कैलाली नाकामा ३० हजार नेपालीलाई खाना खुवाई सकिएको छ भन्ने एक दिनमा आईरहेका अन्दाजी दुई हजार नेपालीलाई खाना बनाई सकिएको छ। 

कञ्चनपुर मा पनि शनिबारसम्म १० हजार नेपालीले खाना खाईसके भने राति १० बजे सम्म आउनेहरुका लागि खाना पाकिसकेको युवा व्यवसायी दिनेश मल्लले बिएल नेपाली सेवालाई बताए।

सञ्चारमाध्यममा नेपालीहरु भोक भाकै नेपाल प्रवेश गरेको थाहा पाएपछि जेठ पहिलो साता राति गौरीफण्टा नजिक नवदुर्गा माविमा पुगेका युवा उद्यमी पुष्कर ओझा र दिर्घराज उपाध्यायले भोकै नेपालीलाई राति नै खाना पकाएर खुवाएपछि शुरु भएको यो अभियानले धनगढीका मनकारीलाई छोयो।

अर्को दिनदेखि नै लक डाउनमा नेपाल  प्रवेश गर्ने ५० हजार नेपालीलाई खाना खुवाउने लक्ष्यले यो अभियामनमा जोडिए अर्का युवा उद्यमी मान सिंह साउँद, श्याम तायल र राजेन्द्र अग्रवाल। 

शनिबार बदलिदो मौसमका बिच पनि मनकारीहरु  सीमामा खाना पकाईरहेका छन । कैलाली नाकाबाट भित्रिने दैनिक दुई हजार जना लाई खाना र पानीको व्यवस्था गरिदै आएको छ ।

धनगढीमा भईरहेको यो पवित्र कार्यलाई हेर्दै  कञ्चनपुरको गड्डाचौकी नाकामा पनि महेन्द्रनगरका मनकारीहरुले  जेठ १२ गते देखि खाना खुवाउन शुरु गरे । भारत बाट नेपाल पस्न चाहने नेपालीलाई अहिले यहाँका यी दुबै नाका खुला गरिएका छन्। 

कञ्चनपुरबाट नेपाल पसिरहेका नेपाली दाजुभाइलाई राति अबेरसम्म सीमामा  खाना पकाएर खुवाउन जुटेका छन निर्माण व्यवसायी शुशिल कुमार श्रेष्ठ, युवा व्यवसायी दिनेश मल्ल,जंग बहादुर मल्ल,दिपेन्द्र साउँद, सञ्चारकर्मी लक्ष्मण तिवारी ।

यो अभियानमा सबै जसो युवा छन्, स्थानीय उद्यमीहरु गणेश चटौत,अशोक पाण्डेय, धिरज बोहोरा,महेश जोशी,बल बहादुर खडका,राहुल भट्ट, राज कुमार शर्मा र सञ्चारकर्मी शेर बहादुर सिंह र राजेन्द्र नाथ  बिहानै बाट यो अभियान लाई गर्न सक्ने सहयोगका लागि तत्पर छन्।

स्थानीय प्रशासनको अनुमति लिएर शुरु गरिएकोे यो काममा जिल्ला प्रशासन,नगरपालिका र विभिन्न दल र समाजिक संघ संस्थाले सघाउने आश्वासन दिएका छन्।

विभिन्न २९ जनाले कञ्चनपुरको यो अभियानलाई व्यक्तिगत सहयोग समेत गर्दै आएका छन । दैनिक खाना खुुवाउने यो अभियानमा प्रति दिन १ लाख बराबरको खर्च भई रहेको सञ्चारकर्मी लक्ष्मण तिवारीले  बाताए । 

धनगढीमा पनि श्वदेश फर्किरहेका नेपालीलाई खाना खुवाउने काममा दैनिक एक देखि डेढलाख खर्च भर्ईरहेको छ । अभियानमा हरेक दिन मनकारीहरु जोडिने क्रम बढेको छ। शनिबार तीन सय जनाको खानामा हुने खर्च ईन्डोनेशीयामा कार्यरत ईञ्जिनियर टंक पन्तले व्यवस्था गरेका छन। 

यसअघि कम्प्युटर एशोसियन अफ कैलालीले ५० हजार  र युवा व्यवसायी बेष्टर्न फार्मेसीका प्रमोद शर्मा न्यौपानेले नगद ५० हजार सहयोग गरेका थिए । व्यवस्थापनमा खटेका कैलालीका ‘हिरो’हरु सीमामा मात्र हैन  भित्रीएका नेपालीहरु राखिएका क्वारेन्टाईनमा पनि खाना पुगाई रहेका छन । 

दुबै नाकामा आईरहेका नेपाली मात्र हैन नेपालबाट आफ्नो देशमा गईरहेका भारतीयलाई पनि खाना खुवाएर पठाउने गरिएको छ । 

युवा उद्यमी पुष्कर ओझा भन्छन ‘कुनै पनि राम्रो कामको शुरुवात मात्रै भएपछि सहयोगी हातहरु आफैं अगाडी बढेर आउने रहेछन,यो गाह्रो अवस्थामा कैलाली देखि विदेशमा रहेका नेपालीहरु पनि मन खोलेर सहयोग गरिरहेका  छन् ।’

कोरोेना संत्रास एका तिर छ  भने मुलुकको राजनिती अर्कैै तिर। यसरी आउने नेपालीका लागि राज्यले सिन्को पनि नभाँचेका बेला सुदूरका यी सिपाही भने कटिबद्ध भईसकेका छन, लकडाउनको कहाली लाग्दो यो बेला देश चुम्नेलाई एक छाक भए पनि खाना खुवाउन, पक्कै पनि सलामका हकदार छन यी मनकारी ‘हिरो’ हरु । 

यो पनि हेर्नुहोस्

गोसाई आब केलाई चाहियो पर्देश सरकार?

गौरीफन्टा नाकामा नेपालीहरुको बिजोग !

महाकालीमा आफैं पुल बनाई घर पुगे कालापानीका गाउँले (भिडियाे)

प्रकाशित मिति: : 2020-05-30 17:11:13

प्रतिकृया दिनुहोस्