बारा, पर्सा र रौतहटका थप १९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको क्रममा सोमबार बिहान थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बारा,पर्सा र रौतहटका ३ सय ५७ जनाको स्वाब परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगज्जका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर मदन उपाध्यायले बिएल नेपाली सेवालाई जानकारी दिए।

पिसीआर परीक्षणको क्रममा पर्सा जगरनाथपुरस्थित सन्ठि क्वारेन्टाईनमा रहेका १ महिलासहित ८ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाईनमा रहेका ७ जना र रौतहटको गढिमाई क्वारेन्टाईनमा रहेका ४ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर मदन उपाध्यायले जानकारी दिए।

संक्रमितमध्ये ३ बर्षिय बालिकादेखि ५५ वर्ष उमेर समूहका छन्।

संक्रमण पुष्टि भएका सबैलाई वीरगन्जको गण्डक अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-08 09:34:54

प्रतिकृया दिनुहोस्