सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा' निःशुल्क हेर्न पाइने

सुशान्तसिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचारा' अनलाइनमार्फत् रिलिज हुने भएको छ। 

डिज्ने प्लस हटस्टारले सुशान्तको अन्तिम फिल्म यही जुलाई २४ तारिकदेखि निःशुल्क प्रसारण गर्ने घोषणा गरेको हाे।

याे चलचित्र जोन ग्रिनको उपन्यास तथा हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो। जसलाई मुकेश चाबराले निर्देशन गरेका हुन्।

'दिल बेचारा' यही जुलाई २४ देखि सबैका लागि सार्वजनिक हुने डिज्ने प्लस हटस्टारले ट्विटमार्फत जानकारी दिएकाे छ।

'दिल बेचारा' मा सुशान्तसँगै मुख्य भूमिकामा सन्जना सांगी पनि छन्। 

डिज्ने प्लस हटस्टारको ट्विट सेयर गर्दै सन्जनाले यो फिल्म सबैले निःशुल्क हेर्न पाउने बताएकी छन्।

'सुशान्त र उनको सिनेमाको मायाका लागि, यो फिल्म सबै डिज्ने प्लस हटस्टारका सबस्क्राइबरहरू र नहुनेहरू सबैले हेर्न पाउनेछन्,' उनले लेखेकी छन्।

अभिनेता सुशान्तसिंहले गत जेठ ३२ गते मुम्बईस्थित आफ्नै फ्ल्याटमा आत्महत्या गरेका थिए। ३४ वर्षीय सुशान्त केही समययता डिप्रेसनमा थिए। 
 

प्रकाशित मिति: : 2020-06-27 06:02:58

प्रतिकृया दिनुहोस्