आमिर खानका केही कर्मचारीमा कोरोना संक्रमण

बलिउड अभिनेता आमिर खानका केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आमिरले मंगलबार आफ्नो ट्विटरमा एक सूचना जारी गर्दै आफ्नाकर्मचारीमा संक्रमण देखिएको जानकारी दिएका हुन्। 

'मेरा केही स्टाफमा कोरोना परीक्षणमा पोजिटिभ देखिएको छ,'उनले लेखेका छन्,'उनीहरूलाई तत्कालै क्वारेन्टाइनमा राखिएको छ।'

उनले साथै बाँकीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको समेत बताए।

उनले लेखेका छन्,'अहिले मेरी आमाको परीक्षण गराउँदै छु। उनी परीक्षण गर्न बाँकी अन्तिम व्यक्ति हुन्।'

उनले अस्पतालप्रति कृतज्ञता व्यक्त गरे।

प्रकाशित मिति: : 2020-06-30 17:30:30

प्रतिकृया दिनुहोस्