बलिउड कलाकार मारमा, शिल्पाका थिए सबैभन्दा बढी फलोअर्स

भारत सरकारको टिकटक बन्द गर्ने निर्णयले सबैभन्दा ठूलो मार बलिउडका सेलिब्रिटीहरूलाई परेको छ। यसमा पनि सबैभन्दा ठूलो घाटा शिल्पा सेट्ठीले भोग्नु पर्ने देखिन्छ। शिल्पाको टिकटकमा धेरै फलोअर्स थिए। उनको १९ दशमलव ६ मिलियन फलोअर्स थिए।
 
उनले आफ्नो टिकटकमा रमाइलो भिडियो तथा योगा कक्षाहरू सञ्चालन गर्दै आइरहेकी थिइन्। 

शिल्पा पछि टिकटकमा गायिका नेहा कक्रको १७ दशमलव २ मिलियन फलोअर्स थिए। उनले पनि सरकारको निर्णयपछि ठूलो मात्रामा आफ्नो फलोअर्स गुमाएकी छिन्। 

यसपछि रितेश देशमुखको १५ दशमलव ९ मिलियन फलोअर्स थिए। चौथो नम्बरमा ज्याक्लिन फर्नान्डिजको फलओर्स थिए। उनको १३ दशमलव ६ मिलियन फलोअर्स थिए। 

पाँचौ नम्बरमा हास्य कलाकार भारती सिंहको १३ दशमलव ५ मिलियन फलोअर्स थिए। छैटौं नम्बरमा दीपिका पादुकोणको ६ दशमलव ८ मिलियन फलोअर्स थिए। 

सातौं नम्बरमा रहेका टाइगर श्रफको ६ दशमलव ८ मिलियन नै फलोअर्स थिए। आठौ नम्बरमा सनी लियोनको फलोअर्स ६ दशमलव ६ मिलियन थिए।

नवौं नम्बरमा रितेशी श्रीमती तथा पूर्व नायिका जेनेलिया डिसुजाको ५ दशमलव ४ मिलियन फलोअर्स थिए। दशौं नम्बरमा दिशा पाटनीको ४ मिलियन फलोअर्स थिए।

प्रकाशित मिति: : 2020-07-01 09:21:15

प्रतिकृया दिनुहोस्