लद्दाख जान डराए अमिर

चलचित्र ‘लाल सिंह चड्ढा’को छायाङ्कन लकडाउनका कारण रोकिएको छ। यो चलचित्रको छायाङ्कन भारतका विभिन्न स्थानमा भइरहेको छ। 

चलचित्रको छायाङ्कन दिल्ली, राजस्थान, चण्डीगढ, अमृतसर, कोलकत्तामा भइसकेको छ।

याे चलचित्रमा नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका रहेकाे छ।

चलचित्रको छायांकन भारत र चीनको सीमा क्षेत्र लद्दाखमा पनि गर्ने तयारीमा आमिर र उनको टिम थियो। तर अब यो चलचित्रको छायांकन लद्दाखमा नहुने भएको छ।

भारत र चीनबीच लद्दाखको विषयमा विवाद चलिरहेको छ। यसैलाई मध्यनजर गरेर टिमले लद्दाखमा चलचित्रको छायाङ्कन नगर्ने बताएको हो। 

अब यो चलचित्रको छायांकन कार्गिलमा हुने भएकाे छ। चलचित्रको छायाङ्कन अक्टोबर अगाडि नहुने भएको छ।

यो एक चलचित्र हलिउड रिमेक हो। यो वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरे पनि चलचित्रको काम नसकिने निश्चित भएपछि अर्को वर्षसम्मलाई चलचित्रको रिलिज पछि सार्ने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2020-07-06 13:42:20

प्रतिकृया दिनुहोस्