‘ग्याङस्टर’ विकाश दुबेको कहानीमा फिल्म बन्ने, मनोज बाजपेयीलाई अफर

नाटकीय रूपमा पहिले पक्राउ त्यसपछि प्रहरी भ्यानमै इन्काउन्टर, कानपुरका ‘ग्याङस्टर’ विकाश दुबेको यो घटना बलिउडका लागि मसला बनेको छ। 

उनको नाटकीय हत्यापछि निर्माता सन्दीप कपुरले विकाश दुबेको कहानीमा एउटा फिल्म बनाउने घोषणा गरेका छन्। 

उनले फिल्मको नाम के हुने त्यो उजागर गरेका छैनन् तर विकाश दुबेको भूमिका मनोज बाजपेयीले गर्ने सम्भावना प्रबल छ। फिल्मको बजेट १०–१५ करोडको बीचमा हुने सन्दीपले बताएका छन्। 

सन्दीपले ‘जुगाड’ र ‘अनारकली अफ आरा’ जस्तो फिल्म निर्माण गरेका छन्। विकाश दुबेको हत्यापछि आफ्नो कुरा मनोज बाजपेयीसँग भएको बताए।

 ‘उनले फिल्म खेल्न हस्ताक्षर गरिसकेका छैनन तर कुराकानी भइरहेको छ,’ सन्दीपले भनेका छन्। उनले तीन महिनाको अनुसन्धानपछि कहानी लेखिने बताए।

प्रकाशित मिति: : 2020-07-11 08:41:03

प्रतिकृया दिनुहोस्