अमिताभपछि अब रेखाका सुरक्षाकर्मीलाई कोरोना देखियो

कोरोनाको त्रास अब बलिउड कलाकारमा बढ्न थालेको छ। बलिउडका महानायक अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनमा शनिबार कोरोना भाइरसको संक्रमण देखिएपछि अब बलिउडबाट अर्को खबर बाहिर आएको छ। 

खबर अनुसार चर्चित अभिनेत्री रेखाको सुरक्षाकर्मीलाई पनि कोरोनाको संक्रमण देखिएको छ। यो समाचार बाहिरिने वित्तिकै मुम्बई महानगरपालिकाले रेखाको घरलाई पूर्ण रूपमा सील गरेको छ। 

रेखाको घर बान्द्रास्थित सी स्प्रिङ्समा पर्छ। जसको बाहिर दुई जना सुरक्षाकर्मी बस्ने गर्थे। यसमध्ये एक जना सुरक्षाकर्मीको रिपोर्ट सकारात्मक आएको थियो। 

रेखाको पनि छिट्टै चेकजाँच हुने बताइएको छ। रेखा लकडाउनपछि घरबाट बाहिर निस्किएकी छैनन्। यसैले उनलाई कोरोना संक्रमण हुने सम्भावना न्युन रहेको बताइएको छ।
 

प्रकाशित मिति: : 2020-07-12 09:19:04

प्रतिकृया दिनुहोस्