नेपाली अंकित आचार्य जो सुशान्त सिंह राजपुतको न्यायका लागि निडरताका साथ उभिएका छन्!

बलिउड अभिनेता सुशान्त सिंह राजपुत (३४) कोठामा मृत फेला परेपछिको समय देश तथा विदेशी सञ्चारजगत, फिल्म उद्योग र भारतीय राजनीतिक वृत्त खुब् तातिएको छ।

सुशान्त मृत्युपछिका दिनहरू थप रहस्यमय बन्दै गइरहेका छन्। उनको मृत्युलाई मुम्बई प्रहरीले आत्महत्याबाट अनुसन्धान थाले पनि, उनका पूर्वसहयोगी अंकित आचार्य भने यो मान्न तयार छैनन्। उनी अभिनेता सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गर्छन्।

सुशान्त प्रकरणमा अनुसन्धानको विषयलाई लिएर मुम्बई प्रहरी र बिहार प्रहरीबीच जुहारी नै चल्यो। अन्ततः अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान निकाय सीबीआईसम्म पुगेको छ।

कतिपय मानिसहरू उनकी प्रेमिका रिया चक्रवर्ती र चलचित्र निर्देशकको व्यवहारले आत्महत्या गरेको बताउँछन्। तर, पूर्वसहयोगी अंकित भने कुनै पनि हालतमा आत्महत्या स्वीकार्न तयार छैनन्। उनी भन्छन्, ‘सुशान्त दाइको हत्या हो। यसको गम्भीर अनुसन्धान हुनुपर्छ। म उहाँको न्यायका लागि लडिरहनेछु।’

अभिनेता सुशान्तको आत्महत्या नभई हत्या भएको दाबी गर्ने अंकित पहिलो ब्यक्तिसमेत हुन्। सुशान्तको न्यायका लागि नेपाली युवा अंकितले गम्भीर अनुसन्धान गर्न समेत भारतको केन्द्रीय अनुसन्धान निकायसँग माग गरेका छन्।

अहिले अंकितको साथमा भारतीय मिडिया, बलिउडकर्मी र सुशान्तका करोडौं प्रसंसकहरु छन्। अंकित पनि निडरताका साथ प्रस्तुत भइरहेका छन्। साथै, बिएल मुम्बई ब्युरोले उनै अंकित आचार्यसँग गरेको कुराकानी हामी आइतबार प्रस्तुत गर्नेछौं।

प्रकाशित मिति: : 2020-08-15 21:22:00

प्रतिकृया दिनुहोस्