मेसी तत्काल छोड्न चाहन्छन् बार्सिलोना

बिएल संवाददाता

बार्सिलाेना

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्टार खेलाडी लियोनल मेसीमाथि चासो देखाएको छ।  

तत्काल बार्सिलोना छोड्न चाहेको क्लबलाई बताएपछि सिटीले उनीमाथि चासो देखाएको हो। 

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो।

झन्डै एक दशकपछि बार्सिलोना उपाधिविहिन बनेपछि आवश्यक परिवर्तनका लागि मेसीले सुझाव दिएका थिए। क्लब इच्छुक नदेखिएको भन्दै 

आफू तत्काल बाहिरिन चाहेको खबर स्पोर्ते इनतेरातिभोले प्रशारण गरेको छ। उनले क्लबमा योजनाको कमी रहेको र त्यसले आफूलाई निराश बनाएका छन्। 

यसअघि पनि उनले खेलाडीहरुले बार्सिलोनामा संरचनागत परिवर्तनको खाँचो रहेको बताएका छन्।

यता जेरार्ड पिकेसहितका खेलाडीले त सो परिवर्तनका लागि आवश्यक परे आफू क्लब छोड्न तयार पनि रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-08-17 06:31:59

प्रतिकृया दिनुहोस्