नेयमारले च्याम्पियन्स लिग फाइनल गुमाउन सक्ने!

 ब्राजिली स्टार फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिगको फाइनल खेल गुमाउन सक्ने सम्भावना बढेको छ ।

सेमिफाइनलमा जर्मन क्लब आरबीलेपजिकमाथि ३–० को जित निकालेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले विपक्षी टोलीका खेलाडीसँग जर्सी साटासट गरेपछि फाइनल गुमाउने सम्भावना बढेको हो ।

युइएफएले बनाएकाे कोरोना भाइरस (कोभिड–१९) को नियममा यसरी जर्सी साटासाट गर्न नपाइने र एक अर्का खेलाडीबीच अंकमालका साथै गर्न पाइने  छैन। 

खेलपछि नेयमारलेलेपजिकका मार्सेल हल्सटेनबर्गसँग जर्सी साटासाट गरेका थिए । खेलाडीले नियम उल्लंघन गरे एक खेलको प्रतिबन्ध र करिव १२ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । 

पहिलोपटक फाइनल प्रवेश गरेको पीएसजीले उपाधिका लागि आइतबार बायर्न म्युनिख वा लियोनबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल आज राति हुँदैछ ।

नेयमारले च्याम्पियन्स लिगको पछिल्लो ६ खेलमा ३ गोल गर्नुका साथै चार गोलका लागि असिस्ट दिएका छन् । प्रतिबन्धमा परे पीएसजीलाई नेयमारको ठूलाे क्षति हुनेछ। किनभने पीएसजीसँग इडिसन कभानी पनि छैनन्।

प्रकाशित मिति: : 2020-08-19 17:46:02

प्रतिकृया दिनुहोस्