पेरिस सेन्ट–जर्मेन (पीएसजी) महिला च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाटै बाहिरिएकाे छ।
बुधबार राति भएको सेमिफाइनलमा लियोनसँग १–० गाेल अन्तरले पराजित हुँदै पीएसजी सेमिफाइनलबाटै बाहिरिएकाे हाे।
लियोनको जितमा वेन्डी रेनार्डले गरेको गोल नै निर्णायक बन्यो। रेनार्डले खेलकाे ६७ मिनेटमा गाेल गरेकी थिइन्।
च्याम्पियन्स लिगमा उनले अहिलेसम्म २४ गोल गरिसकेकी छन्।
फ्रान्सेली क्लब लियोनले उपाधिका लागि आइतबार राति वुल्फबर्गको सामना गर्ने छ।
लियोनले अहिलेसम्म कुल ६ तथा लगातार चारपटक उपाधि जितिसकेको छ।