स्पेनिस ला लिगाका अध्यक्ष जाभिएर टेबासले बार्सिलोनाका कप्तान लिओनल मेसी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन्।
स्पेनिस मिडियासँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। ‘मेसी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। हामी भाग्यमानी छौं की मेसी करिअरभर नै हाम्रो लिगमा खेले,’ उनले भने।
उनले मेसीले कल्ब छाडे लिगमा केही असर नपर्ने पनि बताए। ‘मेसीले क्लब छाडे केही समस्या हुने आउछ,’ उनले भने, ‘संकटकै स्थिति भने आउने छैन।’
उनले टेलिभिजन प्रसारण अधिकार हस्ताक्षर गरिसकेको भन्दै व्यापारमा केही असर नहुने पनि बताए। ‘हामीले मेसी हुँदा वा नहुँदा, टेलिभिजन प्रसारण अधिकार हस्ताक्षर गरिसकेका छौं,’ उनले भने।
यता उनले पछिल्लो चार वर्षको अन्तरमा ब्राजिलियन स्टार नेयमार र त्यसपछि पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा छाडेपनि लिगलाई केही असर नपरेको स्पष्ट पारे। ‘नेयमार र रोनाल्डोले छोड्दा केही असर परेको थिएन। किनभने त्यो असर परिपूर्ति गर्न मेसी थिए,’ उनले भने।
यता समर्थकहरुले भने दशक विश्व फुटबलमै वर्चस्व जमाएका मेसीले बार्सिलोना छाड्दा लिगको लोकप्रियतामा असर पर्ने बताइरहेका छन्।
यता लिगमा अझैपनि २०१८ का ब्यालोन डी’ओर विजेता लुका मोड्रीच रहेका छन्। तर उनको लोकप्रियता मेसी र रोनाल्डोको तुलनामा गर्न नमिल्ने समर्थकहरु बताउछन्।
याे पनि