७३ वर्षको उमेरमा रणधीर कपुरको इन्स्टाग्राम

कलाकारहरूको लागि इन्स्टाग्राम खोल्नु नौलो कुरा होइन। तर, पूर्व अभिनेता रणधीर कपुरले इन्स्टाग्राम अकाउन्ट खोल्ने कुरामा सबैलाई अचम्ममा पारेका छन्। 

उनी निजी जीवनमा रमाउने कलाकार हुन्। तर, छोरी करिश्मा र करिना कपुरको आग्रहमा उनले ७३ वर्षको उमेरमा इन्स्टाग्राम खोलेका छन्। 

उनले आफ्नो इन्स्टामा ३२ वटा फोटो पोस्ट पनि गर्न भ्याएका छन्। रमाइलो कुरा, उनलाई १५ सय मानिसले पछ्याउन पनि सुरु गरिसकेका छन्। उनले आफ्नो परिवारसहित १८ जनालाई पछ्याउन पनि भ्याएका छन्। 

रणधीरले हालै दिएको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मलाई सोसल मिडियामा खासै रुचि थिएन। तर, छोरी लोलो र बेबोको कारण खोल्नु पर्यो।’ घरमा करिश्मालाई लोलो र करिनालाई बेबो भनेर बोलाउने गरिन्छ।
उनले आफूलाई सोसल मिडिया चलाउन नआउने स्पष्ट पारे। भने, ‘छोरीहरूले नै सिकाउँदै छन्।’

प्रकाशित मिति: : 2020-09-18 08:37:15

प्रतिकृया दिनुहोस्