छानविनकै क्रममा जब दीपिका रुँन थालिन्

ड्रग्स मुद्धामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गर्ने क्रममा बलिउडकी चर्चित नायिका दीपिका पादकोणले ‘इमोसनल कार्ड’ प्रयोग गर्न खोजेको भारतीय मिडियाले बताएका छन्। 

इन्डिया टुडेका अनुसार सोधपुछका क्रममा दीपिका एनसीबीका पदाधिकारी समक्ष रुँन थालेकी थिइन्। 

उनको आँखामा आँशु देखेपछि एनसीबी अधिकारीले ‘इमोशनल कार्ड’ प्रयोग गर्नुको सट्टा सत्य कुरा आफूहरूलाई बताउन आग्रह गरेको इन्डिया टुडेले लेखेको छ। 

दीपिकाले सोधपुछका क्रममा ड्रग्स च्याट गरेको कुरा स्विकार गरेकी छिन्। यसअघि उनले यो कुरा अस्विकार गर्दै आइरहेकी थिइन्। 

दीपिकाले आफ्नो समूहका सबै साथीहरू सिगरेटबाट ड्रग्स लिने गरेको बताएकी छिन्। उनले ड्रग्सको माग गरेको च्याट एनसीबीले फेला पारेपछि बयानका लागि शनिबार बोलाइएको थियो। 

छानवीनका क्रममा मोबाइल च्याटको डोमिन नै दीपिकाको नाममा रहेको हुनाले उनले कुनै कुरा अस्विकार गर्न सकिनन्। 

दीपिकाले एनसीबीसमक्ष च्याटमा प्रयोग भएको शब्द ह्यासिस र वीडको विषयमा कुनै जानकारी नदिएको मिडिया रिपोर्टमा उल्लेख छ। 

उनको उत्तरबाट एनसीबीका अधिकारीहरू सन्तुष्ट नभएको बताइएको छ। उनलाई एनसीबीले पुनः सोधपुछका लागि बोलाउन सक्ने सम्भावना प्रबल छ। 

श्रोतका अनुसार एनसीबीले दीपिकाको दुईवटा मोबाइल छानवीनका लागि राखेको छ। 

सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा सोधपुछका लागि एनसीबीले दीपिकाकी म्यानेजर करिश्मा प्रकाश र सुशान्तको ट्यालेन्ट म्यानेजर जया शाहलाई बोलाएको थियो। 

उनीहरूको मोबाइलको च्याटको अनुसन्धान गर्दा तनि वर्षअघि ड्रग्सको विषयमा दीपकाले करिश्मा प्रकाश र जया शाहसँग गरेको कुराकानी बाहिरिएको हो। ड्रग्स मुद्धामा एनसीबीले १८ जनालाई पक्राउ गरिसकेको छ। 

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनको भाई सौविक पनि एनसीबीको हिरासतमा छन्।

प्रकाशित मिति: : 2020-09-27 18:09:16

प्रतिकृया दिनुहोस्