अभिनेत्री स्वरा भास्करको ब्यंग– ‘बाबरी मस्जिद आफै भत्कियो’

बाबरी मस्जिद विवादमा बुधबार सीबीआईको विशेष अदालतले अरोपी ३२ जनालाई सफाई दिने निर्णय गरेपछि बलिउडका केही कलाकारले प्रश्न उठाएका छन्। 

यसमा सबैभन्दा अगाडि स्वरा भास्कर छिन्। उनले ‘बाबरी मस्जिद आफै ढलेको’ भन्दै सीबीआईको विशेष अदालतको निर्णयप्रति ब्यंग गरेकी छिन्। 

सन् १९९२ को डिसेम्बर ६ तारिखमा भारतीय जनता पार्टीका समर्थकहरू मिलेर अयोध्यामा रहेको बाबरी मस्जिदको ढाँचा बिगारेका थिए। 

यो घटनामा सीबीआईले पूर्व गृहमन्त्री लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारतीलगायत नेताविरूद्ध मुद्धा दायर गरेको थियो। 

४८ जनाविरूद्ध दायर गरिएको मुद्धाको फैसला २८ वर्षपछि भएको हो। यसबीचमा १६ जनाको निधन भइसकेको छ। 

स्वरासँगै ऋा चड्ढा, जिसान अय्युब, गौहर खान र फिल्म निर्माता अनुभव सिन्हाले पनि अदालतको फैसला प्रति कटाक्ष गरेका छन्।
 

प्रकाशित मिति: : 2020-09-30 18:08:34

प्रतिकृया दिनुहोस्