अनुराग कश्यपलाई बलात्कारको मुद्धामा प्रहरीले सोधपुछका लागि बोलायो

बलात्कार मुद्धामा बलिउड निर्माता अनुराग कश्यपलाई सोधपुछका लागि मुम्बई प्रहरीले १ अक्टुबरमा बिहान ११ बजे बोलाएको छ। 

गत बुधबार कश्यपविरूद्ध मुम्बईको वर्सोवा प्रहरी थानाले उपस्थित हुन पत्र काटेको छ। उनलाई मुम्बई छोडेर अन्यत्र नजान पनि आदेश दिइएको छ। 

दक्षिण भारतकी अभिनेत्रीपायल घोषले उनीविरू बलात्कारको आरोप लगाएकी थिइन्। 

घोषले प्रहरीका उजुरी गरेपनि कुनै प्रक्रिया अगाडि नबढेपछि उनी मंगलबार महाराष्ट्रका गर्भनर भगत सिंह कोशियारीलाई भेटन गएकी थिइन्। 

उनीसँगै मुम्बईका नेता रामदास आठवले पनि पुगेका थिए। उनले गर्भनरको अगाडि कश्यपलाई छिटो पक्राउ नगरिएको खण्डमा भोक हड्तालमा बस्ने बताएकी थिइन्।
 
घोषले आफूलाई धम्की आउन थालेको पनि बताएकी थिइन्। उनले २२ सेप्टेम्बरमा मुम्बईको विकोली पुलिस थानामा मुद्धा दायर गरेकी थिइन्। सन् २०१३ मा उनले वर्सोवाको यारी रोडको लोकेशनमा बलात्कार गरेको आरोप लगाएकी थिइन्।

प्रकाशित मिति: : 2020-09-30 18:43:44

प्रतिकृया दिनुहोस्