बलिउडको ड्रग्स मुद्धाको खोजी गरिरहेको एनसीबीद्धारा चार अफगानी पक्राउ

बलिउडमा ड्रग्स सिन्डिकेटको छानवीन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले राजधानी दिल्लीमा अन्तर्राष्ट्रिय तस्करलाई पक्राउ गरेको दावी गरेको छ। 

एनसीबीले अफगानिस्तानका चार नागरिकलाई यो मुद्धामा पक्राउ गरेको भारतीय अखबारले दावी गरेका छन्। 

उनीहरूबाट ३८० ग्राम हेरोइन बरामद भएको थियो। एनसीबीका क्षेत्रीय निर्देशक केपीएस मल्होत्राका अनुसार ३० सेप्टेम्बरमा अफगानिस्तानबाट प्रतिबन्धित हेरोइन दिल्ली पठाइएको थियो। 

यसैको अनुसन्धान गर्ने क्रममा चार अफगानी पक्राउ परेका हुन्। पक्राउ परेको चारै जना अफगानी शरणार्थीको रूपमा दिल्लीमा बसोबास गर्दै आइरहेका थिए। एनसीबीले पक्राउ परेका चार जना अफगानीलाई स्थानीय अदालतमा न्यायीक हिरासतको लागि पठाएको थियो।

प्रकाशित मिति: : 2020-10-04 17:52:21

प्रतिकृया दिनुहोस्