बाहुबली अभिनेत्री तमन्नालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री तमन्ना भाटियालाई पनि कारोना संक्रमण भएको छ। उनी हैदराबादमा वेभ सिरिजको सुटिङ गरिरहेकी थिइन। उनलाई कोरोनाको आशंका लागेपछि परीक्षण गराएकी थिइन। यसको रिपोर्ट आएको छ। जसमा पोजिटिभ देखिएको छ। 

तमन्नाले आफ्नो सोसल मिडिया साइटबाट यसको जानकारी सबैलाई गराएकी छिन्। उनले आफूसँग काम गर्ने स्टाफ तथा साथीहरूलाई तुरुन्त परीक्षण गर्न आग्रहसमेत गरेकी छिन्। उनी केही समय अस्पतालमा भर्ना भएर हाल घरमै ‘आइसोलेसन’ मा बसेकी छिन्। 

गत अगस्टमा उनको आमा–बुवालाई कोरोना संक्रमण भएको थियो। उनले त्यतिबेला पनि सबैलाई यसको जानकारी दिएकी थिइन। त्यतिबेला परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। हाल तमन्नाको अभिभावक पूर्णरूपमा सञ्चो भइसकेका छन्। तर, उनलाई कोरोना भएको छ। तमन्नाकी अमा रजनी भाटिया र बुवा सन्तोष भाटिया हिरा व्यापारी हुन्। 

तमन्ना कन्नड सुपरहिट फिल्म ‘लभ मोक्टेल’ को तेलुगु रिमिकमा काम गरिरहेकी छिन्। उनी बलिउड फिल्म ‘बोले चुडियाँ’ मा पनि काम गरिरहेकी छिन्। ३० वर्षीय तमन्ना बाहुबली फिल्मबाट निकै चर्चामा आएकी हुन्।

प्रकाशित मिति: : 2020-10-06 17:07:27

प्रतिकृया दिनुहोस्