आदित्य नारायणको खुलासा– प्रेमिका श्वेतालाई पहिलो खानाको प्रस्ताव गर्दा अस्वीकार

गायक उदित नारायण झाका छोरा आदित्यले आफ्नो प्रेमिका श्वेता अग्रवालले पहिलो पल्ट सँगै खाना खानका लागि गरेको प्रस्ताव अस्विकार गरेको बताएका छन्। 

उनी केटी घुमाउन खप्पीस भएको कुरा सुनेको हुनाले श्वेताले आफ्नो प्रस्ताव अस्वीकार गरेको आदित्यले खुलासा गरेका हुन्। 

भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा आदित्यले यही डिसेम्बरमा श्वेतासँग विवाह गर्न लागेको बताए।

यी दुबैले सन् २०१० मा रिलिज भएको ‘शापित’ फिल्ममा सँगै काम गरेका थिए। यहीबाट दुबैको सम्बन्ध बनेको थियो। 

टाइम्स नाउसँगको कुराकानीमा आदित्यले भने, ‘वास्तवमा पहिलो डेटिङलाई म डेट नै भन्न रुचाउँदिन। किनभने यतिबेला हामीहरू ‘शापित’ फिल्मको सुटिङमा व्यस्त थियौं। मैले उनलाई लामो दुरीको यात्राका लागि र सँगै खाना खान प्रस्ताव गरेको थिए। तर, उनले मेरो प्रस्ताव सिधै अस्विकार गरिन्।’

उनले आफ्नी आमाले सँगै फिल्म गर्न लागेको हुनाले खाना खाँदा केही नहुने बताएपछि ओसिवाराको फाइभ स्पाइस रेस्टुरान्टमा गएको बताए। 

‘उनी ३० मिनेट मुख फुलाएर बसेकी थिइन,’ उनले भने, ‘लाग्थ्यो, मसँग आएर उनले मेरो ठूलै उपकार गरिन्।’

परिवारसँग मेरो राम्रो सम्बन्ध देखेपछि उनले आफूलाई स्विकार गरेको आदित्यले बताए। ‘उनलाई यसअघि म केटी घुमाइरहन्छु भन्ने भ्रम परेको रहेछ,’ उनले भने, ‘पछि उनले थाहा पाइन म पारिवारिक मान्छे हुँ भनेर।’

हालै मात्र आदित्यको विषयमा एउटा असत्य समाचार प्रकासित भएको थियो। जसमा उनी कंगाल भएको बताइएको थियो।

 उनले अन्तर्वार्तामा आफूसँग पैसा र कामको कमि नभएको बताएका थिए।

प्रकाशित मिति: : 2020-10-18 12:03:00

प्रतिकृया दिनुहोस्