भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन बच्चाको हत्या

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै अपार्टमेण्टमा ३ बच्चाको हत्या गरेकी छन्। 

३१ वर्षिय बुटवल मणिग्राम घर भएकी चन्द्रा भट्टराई अर्यालले आफ्नै अपार्टमेण्टमा ३ वटा बच्चाहरुको हत्या  गरेकी हुन्।  

ती महिलाका तीन बच्चा मध्ये सबैभन्दा सानो बच्चा ८ महिनाको र दुई बालिकाहरु नौ र तीन वर्षका थिए। 

ती महिलाले बिहान ५ बजे र २० मिनेटमा हत्या गरेर पुलिसलाई मेरा २ छोरी र १ छोरालाई मारे म आत्महत्या गर्छु भनेर फोन गरेकाे नेपाली राजदुत मणि भट्टराईले जानकारी दिए। 

उनका अनुसार हत्या पछि चन्द्राले आत्महत्याको प्रयास गरेकी थिइन्। प्रहरी घटना स्थलमा पुग्दा नौ वर्षीया बालिका जिवित नै थिइन्। उनलाई तत्कालै अस्पतालमा लगिएको थियो तर उनको पछि मृत्यु भएको राजदुत भट्टराईले बताए।

बाग्लुङ्ग घर भएका ३४ वर्षीय अर्याल थरका पुरुषले १० वर्ष अगाडि कुनै आफन्तले चिनेजानेको आधारमा विद्यार्थी भिसामा ल्याएर बुटवलकी २१ वर्षीया भट्टराई थरकी युवतीलाई अष्ट्रियामा सन् २०१० मा विहे गरेका थिए। 

विगत एक वर्ष देखी भियानमा बस्दै आएकी ती महिला र उनको श्रीमान बीच विवाद भएपछि उनका श्रीमान परिवार छोडेर बाहिर बस्दै आएको जानकारी प्राप्त भएकाे राजदुत भट्टराईले बताए।

घटनाको कारण अझै स्पष्ट नभएको भियना प्रहरीले बताएको छ।  घटनाको बारेमा बिस्तृत अनुसन्धान भैरहेको छ। 
 

प्रकाशित मिति: : 2020-10-19 07:53:00

प्रतिकृया दिनुहोस्