कुखुराको खोरमा कौडा खेलिरहेका १२ जना पक्राउ

गोरखा एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ परेका छन् ।

गोरखा नगरपालिका ४ पन्थेस्वाँरामा कुखुराको खोरमा कौडा खेलिरहेका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वासुदेव खतिवडाले बताए ।

‘एक लाख ४६ हजार रुपैयाँ नगदसहित ३९ वटा कौडा पनि बरामद गरेका छौँ,’ उनले भने । 

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि वढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-10-19 13:30:00

प्रतिकृया दिनुहोस्