दशैँमा भेटघाट गर्दा परैबाट नमस्कार गराैँ, दक्षिणा हाेइन आशिर्वाद मात्रै लिऔँ: सरकार

सरकारले दशैँमा आफन्तसँग भेटघाट गर्दा नमस्कार मात्रै गर्न आग्रह गरेको छ।

शरीर छुँदा कोरोना भाइरसको संक्रमण हुने जोखिम भन्दै यो वर्ष परैबाट नमस्कार मात्रै गर्न आग्रह गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने,‘ यसअघि आदर गरेर ढोग्ने वा अङ्कमाल गर्नेहरुले यो वर्ष परैबाट नमस्कार मात्रै गरौँ। यो वर्ष एकाघरका मानिस मात्रै बसेर दशैँ पर्व मनाऔँ। र, आफन्तसँगकै भेटमा पनि नजिक जाने वा छुने काम नगरौँ।’

यस्तै उनले मुख, आँखा तथा नाक छुँदा भाइरस सर्ने सम्भावना धेरै हुने भएकोले सकेसम्म अरुको अनुहार नछुन तथा आफ्नो अनुहार पनि नछुवाउन आग्रह गरे।

उनले नोटको प्रयोग पनि नगर्न आग्रह गरेका छन्। ‘पैसाको प्रयोग विद्युतीय माध्यमबाट गर्न वा त्यो सम्भव नभएमा पैसाको लेनदेन नगरि आशीर्वादमात्र लिन–दिन पनि आग्रह गर्दछौं,’ उनले भने। 
 

प्रकाशित मिति: : 2020-10-19 17:45:00

प्रतिकृया दिनुहोस्