भारतको जोगबनी बजार नजिक नेपाली युवकको शव फेला

भारतको जोगबनी बजार नजिक नेपाली युवकको शव भेटिएको छ।

ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार  विराटनगर महानगरपालिका १६ को दक्षिण गेट नजिक बिहीबार बिहान शवको भेटिएकाे हाे।

शवकाे पहिचान अझै हुन नसकेकाे उनले जानकारी दिए।

करिब २६ वर्षीय मृतकको नाक र मुखबाट रगत बगेको र शरीरको केही भागमा निलडाम देखिएकोले युवकको हत्या भएको हुनसक्ने आशंका गरिएकाे छ। 

मृतक लागुऔषधका दुर्व्यसनी हुन सक्ने प्रहरीको आशंका रहेको छ।

दुवै हातमा ट्याटु रहेका मृतकले सेतो जुत्ता, निलो रंगको जिन्स पेन्ट र गाडा निलो रंगको सर्ट लगाएको उनले जानकारी दिए।

भारतीय प्रहरीले घटनास्थलबाट उठाएर शव पोस्टमार्टमका लागि लगेको छ।

प्रकाशित मिति: : 2020-10-22 13:06:00

प्रतिकृया दिनुहोस्