आमिरविरूद्ध कंगनाको आक्रोश

कंगना रनोटले आफूविरूद्ध १० दिनमा तीन वटा उजुरी दर्ता भएपछि बलिउडका सुपरस्टार आमिर खानमाथि आक्राेश पोखेकी छिन्। 

उनले एउटा ट्वीट गर्दै आमिर खानलाई ट्याग गरेकी छिन्। जसमा लेखिएको छ, ‘इन्टोलरेन्स ग्याङसँग गएर कसैले सोधे हुन्थ्यो नि–उनले यो देशमा कत्तिको इन्टोलेन्स सहनुपर्‍यो?’

कंगनाले अर्को पनि ट्वीट गरेर महाराष्ट्र सरकारलाई फासीवादीको संज्ञा दिएकी छिन्। उनले लेखेकी छिन्, ‘क्यान्डल मार्च ग्याङ, अवार्ड फिर्ता गर्ने ग्याङ हेर फासीवादको विरोध गर्ने क्रान्तिकारीसँग के सम्म हुन्छ? तिमीहरू जस्तै होइन। तिमीहरूलाई त कसैले प्रश्न पनि गर्दैन। मलाई हेर, मेरो जीवनको अर्थ नै महाराष्ट्रको फासीवादी सरकारसँग लड्नु हो। तिमीहरू जस्तै छलकपट गर्नुछैन।’

कंगनाले तेस्रो ट्वीटमा आफूले सावरकर, सुभाषचन्द्र बोस र झाँसीको रानीलाई पुजा गर्ने बताइन्। 

‘आज यो सरकार मलाई जेलमा कोच्ने प्रयास गरिरहेको छ। छिटै जेल भयो भने उनीहरूको जस्तै दुःख भोग्ने प्रतिक्षामा छु। यसले मेरो जीवनलाई सार्थक बनाउने छ।’ कंगनाविरूद्ध मुम्बईमा दुई तथा कर्नाटकमा एउटा मुद्धा दर्ता भएको छ।

प्रकाशित मिति: : 2020-10-24 19:45:00

प्रतिकृया दिनुहोस्