दशैंँभत्ता आश्रमलाई

सांकेतिक तस्बिर

वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले दशैंँभत्ताका रुपमा आफूलाई प्राप्त रकम मानव सेवा आश्रमलाई दिएका छन्।

 नगर प्रमुख सुवेदीले भत्तावापत पाउनुभएको रु १५ हजार  आश्रमलाई प्रदान गरेका हुन्। 

उनले रु पाँच हजार बराबरको खाद्य पदार्थ तथा १० हजार बराबरको फलफूल  हस्तान्तरण गर्दै मानवतालाई जोगाउन र सहयोगापेक्षी मानवलाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।

 ‘गत वर्ष हामीले आश्रमको भाडा तिरिदिएका थियौँ’, उनले भने , ‘यस वर्ष हामी गर्न सक्ने कामका लागि  प्रयास गर्छौं।’ रासस 

प्रकाशित मिति: : 2020-10-29 16:58:00

प्रतिकृया दिनुहोस्