ड्रग्स मुद्धामा समातिएकी टिभी अभिनेत्री प्रितिका हिरासत मुक्त 

फाइल तस्बिर

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्सको मुद्धामा पक्राउ गरेको टेलिभिजन अभिनेत्री प्रितिका चौहान पाँच दिनपछि हिरासत मुक्त भएकी छिन्। 

उनलाई २५ अक्टुबरमा एनसीबीले पक्राउ गरेको थियो। उनीसँगै त्यतिबेला अन्य पाँच जना पनि पक्राउ परेका थिए। उनीसँगै अदालतबाट फैजल शेख नाम गरेका अर्का व्यक्ति पनि छुटेका छन्।
 
प्रितिका हिमाचल प्रदेशबाट मुम्बई आएकी हुन। २०१५ मा करिअरको सुरुवात गरेकी प्रितिकाले ‘संकट मोचन हनुमान’, ‘सावधान इन्डिया’ र ‘जगत जननी मां वैष्णो देवी’ जस्ता टिभी सिरियलमा काम गरेकी थिइन। 

बलिउडमा व्याप्त ड्रग्सको छानवीन गरिरहेको एनसीबीले अभिनेत्री दीपिका पादुकोण, सारा अली खान, रकुलप्रित सिंह र श्रद्धा कपुरसँग पनि सोधपुछ गरिसकेको छ। हालसम्म ड्रग्स मुद्धामा २३ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: : 2020-10-30 13:28:00

प्रतिकृया दिनुहोस्