न्युड तस्वीर शेयर गरेको आरोपमा सोमनविरुद्ध उजुरी

बलिउड अभिनेता मिलिन्द सोमनविरुद्ध सोशल मिडियामा न्युड तस्वीर शेयर गरेको आरोपमा उजुरी परेको  छ। 

गोवामा न्युड पोज दिएर सन्ननी मच्चाएको आरोप उनीमाथि लागेको हाे।

उनले आफ्नो ५५ औँ जन्मदिनमा न्युड भएर दौडिएको एक तस्बिर शेयर गरेका थिए।

मानिसहरुले उनको उक्त तस्वीर आपत्ति जनाएका छन्।

उनी विरुद्ध आइपीसीको धारा २९४ र धारा ६७ को माध्यमबाट केस दर्ता गरिएको छ। 

यस अगाडि गोवामा अश्लिल भिडियो बनाएको आरोपमा अभिनेत्री पुनन पाण्डे पक्राउ परेकी थिइन्। पुनमलाई शुक्रबार जमानत मिलेको छ। 

प्रकाशित मिति: : 2020-11-07 15:18:00

प्रतिकृया दिनुहोस्