सुनाकोठी-चापागाउँ सडक: ग्राभेल झर्‍याे, काम राेकियाे, आन्दाेलन राेकिएन

ललितपुरको सुनाकोठी- चापागाउँ सडक बनाउन कुनै प्रयास नगरेको भन्दै गएको १६ गतेदेखि आन्दोलनमा उत्रिएका बासिन्दाले दबाब कार्यक्रमलाई निरन्तरता दिएका छन्।

दबाबपछि सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभे बुधबार बेलुकी ग्राभेल झारेपनि अझै पिचको काम सुरु हुन सकेकाे छैन। 

चापागाउँ, सुनाकोठी, ठेचोका बासिन्दाले घाम लाग्दा धुलो र पानी पर्दा हिलोले आजित बनेपछि स्थानीयहरुले आन्दाेलनमा उत्रिएका हुन्। 

सुनाकोठी, ठेचो, चापागाउँ सडक खण्ड सडक विस्तारको गर्ने भन्दै भत्काइएको थियो। तर ठेकेदारले सडक पिच नगरि अलपत्र छाडेपछि धुलोले त्यहाँका स्थानीयको जनजीवन प्रभावित बनेको छ।

ठेकेदारले ग्राभेलको काम थाले पनि सडक कालोपत्रे गर्न ल्याइएको सामग्रीको गुणस्तर जाँच गर्न पठाइएको र रिपोर्ट आइनसकेको भन्दै फेरि काम रोकिएको स्थानीय नेवाज क्लबका अध्यक्ष राजन महर्जनले जानकारी दिए। 

स्थानीयले चार महिनाअघि पनि सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए।

त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भएपनि कामले तिब्रता लिन नसकेपछि पुन: आन्दोलनमा उत्रिनुपरेकाे स्थानियहरुले बताएका छन्।

बाटो बनाउन ६ वर्ष अघि नै शैलुङ कन्स्ट्रक्सनका मालिक सारदाप्रसाद अधिकारीले जिम्मा लिएका थिए। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्।

शैलुङ कन्स्ट्रक्सनले २०७१ सालमा नै ललितपुरको सातदोबाटोदेखि चापागाउँको टाहाखेलसम्मको सडक निर्माणको ठेक्का पाएकाे थियाे। सातदोबाटोबाट चापागाउँसम्म दायाँबायाँ ११-११ मिटर गरी फराकिलो बनाउने याेजना थियाे।

सम्झौताअनुसार निर्माण व्यवसायीले काम गरेको भए पुस ०७५ भित्रै सकिन्थ्यो । तर ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो।

प्रकाशित मिति: : 2020-11-09 11:37:00

प्रतिकृया दिनुहोस्