स्राेत नखुलेको १६ लाख नेपाली रकमसहित एक भारतीय पक्राउ

बाराको वीरगञ्जमा स्राेत नखुलेको १६ लाख नेपाली रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

 पक्राउ पर्नेमा भारतको रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णा कुमार जैन रहेका छन्। 

रक्सौलबाट आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई अशंका लागि चेकजाँच गर्दा १६ लाख नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

उनलाई  वीरगञ्ज महानरपालिका ८ माइस्थान चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बरामद रकम हुण्डी कारोबारमा प्रयोग भएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रकाशित मिति: : 2020-11-09 15:36:00

प्रतिकृया दिनुहोस्