ड्रग्स मुद्धामा बलिउड निर्माता फिरोज नाडियाडवाला पक्राउ

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले बलिउड निर्माता फिरोज नाडियाडवालालाई पक्राउ गरेको छ। ड्रग्स मुद्धामा उनको श्रीमती शबाना सईद आइतबार पक्राउ परेकी थिइन। 

उनको घरबाट १० ग्राम गाजा बरामद भएको थियो। नाडियाडवालालाई सोधपुछका लागि एनसीबीले पक्राउ गरेको हो। उनलाई सोमबार बिहान सायन अस्पतालमा मेडिकलका लागि लगिएको थियो। 

एनसीबीले यसअघि नै नाडियाडवालालाई सोधपुछका लागि पत्र काटेको थियो। जुनबेला उनको घरमा छापा मारिएको थियो, त्यतिबेला उनी घरमा थिएनन्। आइतबार ड्रग्स मुद्धामा ४ अन्य मानिसलाई पनि एनसीबीले पक्राउ गरेको थियो। 

एनसीबीले ७–८ नोभेम्बरमा ड्रग्सको कारोबार गर्ने थुप्रै मानिसको घरमा छापा हानेको थियो। भारतीय मिडियाका अनुसार एनसीबीले पक्राउ परेका यिनै ड्रग्स कारोबारीबाट नाडियाडवालाको नाम पत्ता लगाएको थियो।

प्रकाशित मिति: : 2020-11-09 17:09:00

प्रतिकृया दिनुहोस्