अर्जुन रामपालकी प्रेमिकालाई लगातार दोस्रो दिन सोधपुछ

अभिनेता अर्जुन रामपालको प्रेमिका ग्याब्रियला डेमेट्रिएडिसलाई बिहीबार लगातार दोस्रो दिन पनि नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोधपुछ गरेको छ।

ड्रग्ससँग जोडिएको मुद्धामा गत महिना एनसीबीले ग्याब्रियलाका भाई अगिसिलाओसलाई पक्राउ गरेको थियो। 

ड्रग्स मुद्धामा एनसीबीले शुक्रबार भोलि अर्जुन रामपाललाई सोधपुछका लागि बोलाउने सम्भावना प्रबल रहेको भारतीय अखबारले जनाएका छन्। 

ग्याब्रियलालाई इलेक्ट्रोनिक्स इभिडेन्सबाट प्राप्त जानकारीको आधारमा सोधपुछका लागि बोलाएको हो। 

एनसीबीले गत सोमबार अर्जुनको ड्राइभरलाई पनि पक्राउ गरेको थियो। बलिउडमा व्याप्त ड्रग्सलाई लिएर हालसम्म २६ जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: : 2020-11-12 17:31:00

प्रतिकृया दिनुहोस्