कलाकार आसिफको निधन

सुशान्त सिंह राजपूतसँग ‘कोई पो छे’ मा काम गरेका कलाकार अमिताभ आसिफ बसराले आत्महत्या गरेका छन्।

५३ वर्षीय बसराले हिमाचल प्रदेशको धर्मशालास्थित मैक्लोडगञ्जको एउटा क्याफेमा आत्महत्या गरेका हुन्। उनले कुकुर बाध्ने डोरीले फाँसी लगाएको भारतीय अखबारले बताएका छन्। 

के कारणले उनले आत्महत्या गरे, यसको जानकारी प्राप्त हुनसकेको छैन। डिप्रेसनको कारण आत्महत्या गर्न सकेको हुनसक्ने बताइएको छ। 

प्रहरीले छानवीन सुरु गरेको छ। उनी पाँच वर्षदेखि मैक्लोडगञ्जमा एक विदेशी महिलासँग लिभ–इन रिलेसनमा थिए। प्रहरीले महिलालाई हिरासतमा लिएको छ। 

आसिफ सन् १९९८ देखि फिल्ममा सक्रिय थिए। उनले ‘वो’, ‘ब्ल्याक फ्राइडे’, ‘जब वी मेट’, ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘कृष–३’ र ‘हिचक’ मा काम गरेका थिए।

प्रकाशित मिति: : 2020-11-12 17:59:00

प्रतिकृया दिनुहोस्