शेखर कपुर १३ वर्षपछि फिल्ममा फर्किए

चर्चित फिल्म निर्देशक शेखर कपुर १३ वर्षपछि पुनः फिल्मी क्षेत्रमा फर्किएका छन्। उनले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन्। 

सन् २००७ मा एलिजाबेथ–द गोल्डन एज बनाएका शेखर यसपछि दिंवगत अभिनेता सुशान्त सिंह राजपूतलाई लिएर पानी फिल्म बनाउन चाहन्थे।

 तर, सुशान्तको निधनपछि उनले प्रोजेक्ट स्थगित गरेको थिए। 

शेखरले सोमबार ट्वीट गर्दे यसको जानकारी दिएका हुन्, ‘प्रोजेक्टको रिहर्सल सुरु भएको छ।’ 

आफ्नो नयाँ फिल्ममा बेलायती कलाकार एम्मा थोम्पसनलाई अनुबन्धित गरेको उनले जानकारी दिए। एम्मा उत्कृष्ट नायिका मानिन्छिन्। फिल्मको सुटिङ दक्षिण एसिया र लन्डनमा हुनेछ। 

एलिजाबेथको फिल्म बनाएर वाहवाही लुटेका शेखर केही समयदेखि सर्ट फिल्म बनाइरहेका थिए।

प्रकाशित मिति: : 2020-11-17 09:23:00

प्रतिकृया दिनुहोस्