४९ वर्षअघि काठमाडौं आएकी जिनत अमानको आज जन्मदिन

बिएल संवाददाता

काठमाडाै‌ं

४९ वर्षअघि पहिलो पल्ट काठमाडौंमा सुटिङका लागि आएकी चर्चित भारतीय नायिका जिनत अमान आज अर्थात १९ नोभेम्बरमा ६९ वर्षमा प्रवेश गरेकी छिन्। 

२० वर्षको उमेरमा देव आनन्द अभिनित फिल्म ‘हरेराम हरेकृष्ण’ को सुटिङका लागि उनी नेपाल आएकी थिइन। 

जिनत ७० र ८० को दशककी ग्लामर अभिनेत्री हुन्। उनले ११ अक्टुबर १९८५ मा कलाकार मजहर खानसँग विवाह गरेकी थिइन। 

उनको हाल दुई छोरा जहान र अजान छन्। मजहरको किड्नी खराब भएपछि १९९८ मा निधन भएको थियो।

प्रकाशित मिति: : 2020-11-19 17:22:00

प्रतिकृया दिनुहोस्