लागुऔषध प्रकरणमा भारती र हर्ष लिंवाचिया नियन्त्रणमा

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले लागुऔषध प्रकरणमा चर्चित भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिंवाचियालाई नियन्त्रणमा लिएको छ। 

शनिबार एनसीबीले भारतीको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा उनको घरमा गाँजासमेत भेटिएको बताइएको छ। 

हर्षलाई एनसीबीले आफ्नै गाडीमा राखेर सोधपुछका लागि लगेको थियो।

भारती भने आफ्नै गाडीमा गएकी थिइन्।

एनसीबीले दुबैजनालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो।

भारती र हर्षमाथि लागुऔषध सेवन गर्ने गरेको आरोप छ।

यसअघि एनसीबीले लागुऔषध प्रकरणमा बलिउड अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर, रकूलप्रीत सिंह र सारा अलि खानसँग सोधपुछ गरिसकेको छ।

केही दिनअघि मात्रै एनसीबीले बलिउड अभिनेता अर्जुन रामपालको घरमा छापा मारेकाे थियाे।

प्रकाशित मिति: : 2020-11-21 16:09:00

प्रतिकृया दिनुहोस्