बेनेजरका छोरा बिलावललाई पनि कोरोना संक्रमित

बिएल संवाददाता

इस्लामाबाद

प्रधानमन्त्री इमरान खानको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेका पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोका छोरा बिलावल कोरोना संक्रमित भएका छन्। 

उनले सोसल मिडियामार्फत यसको जानकारी दिएका हुन्। 

उनले भनेका छन्, ‘म आइसोलेसनमा छु। मलाइ संक्रमणको सामान्य लक्षण देखिएको छ।’ 

बिलावल पाकिस्तान डेमोक्रेटिक फ्रन्टको प्रमुख नेता पनि हुन्। 

पाकिस्तानमा हाल कोरोनाको दोस्रो लहर चलिरहेको छ। यहाँ अस्पतालमा आइसीयूमा बेड कम भइसकेको छ।

प्रकाशित मिति: : 2020-11-27 19:08:00

प्रतिकृया दिनुहोस्