इरानको संसदद्वारा युरेनियम उत्पादन बढाउने कानून पारित, राष्ट्रपति रुहानी विपक्षमा

बिएल संवाददाता

काठमाडाै‌ं

इरानलाई युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको छ।

इरानको संसदले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमनमा रोक लगाउने सम्बन्धी कानून पारित गरेसँगै बाटाे खुलेकाे हाे।

अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ।

 सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३.६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो।

तर अमेरिकाको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो। त्यसपछि इरानमाथि अमेरिकाले सन् २०१८मा एकतर्फी फैसला गर्दै उक्त सम्झौता तोडिदिएको थियो। यसपछि अमेरिकाले इरानमाथि थुप्रै प्रतिबन्ध समेत लगाएको थियो। त्यसपछि दुई देशबीचको सम्बन्धमा राम्रो छैन।

तर इरानले मे महिनाबाट युरोनियम उत्पादन गर्न सुरु गरिसकेको छ।

युरोनियको प्रयोग ऊर्जा निकाल्न तथा रियक्टरोमा गर्नुका साथै परमाणु हतियार बनाउन समेत यसैको प्रयोग गर्ने गरिन्छ।सर्त अनुसार इरानसँग जति युरेनियम इरानसँग हुनु पर्ने हो त्‍यो भन्दा नि धेरै छ।

इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छन्।

परमाणु हतियार बनाउनको लागि युरेनियमको ९० प्रतिशतसम्‍म सर्वाधिक आवश्‍यकता पर्दछ। साथै २० प्रतिशत स्तरसम्‍म लैजान लक्ष्य छ।

२० प्रतिशतसम्‍मको स्तर प्रवर्द्धन गर्नु भनेको विश्‍वलाई यसबाट खतरा हुनु हो। यसका साथै युरोपियन देशका इरानीहरुलाई यो कुरा समर्थन गर्न धेरै नै अप्ठेरो आउन सक्छ।

प्रकाशित मिति: : 2020-12-03 08:16:00

प्रतिकृया दिनुहोस्