रजनीकान्तको जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

दक्षिण भारतका मेगास्टार रजनीकान्तको ७० औं जन्मदिनमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिएका छन्। 

मोदीले आफ्नो सन्देशमा लेखेका छन्, ‘डियर रजनीकान्त जी। तपाईंलाई जन्मदिनको धेरै शुभकामना।

भगवानको कृपाले तपाईंको स्वास्थ्य दीर्घायु बनोस्।’ मोदीबाहेक पनि थुप्रै सेलिब्रिटीले रजनीकान्तलाई उनको जन्मदिनमा बधाई दिएका छन्। 

रजनीकान्तको ७० औं जन्मदिन शनिबार थियो। उनी अहिले पनि फिल्ममा सक्रिय छन्। उनी अहिले नयाँ फिल्म ‘अन्नाथे’ मा काम गरिरहेका छन्। यो फिल्म सिरुथाई शिवको निर्देशनमा बन्दैछ। यसमा चार जना हिरोइन छन्। 

रजनीकान्तले हालै आफू राजनीतिमा सक्रिय हुने घोषणा गरेका थिए। उनले ३१ डिसेम्बरमा आफ्नो नयाँ पार्टी घोषणा गर्दैछन्।

प्रकाशित मिति: : 2020-12-13 10:58:00

प्रतिकृया दिनुहोस्