मेयर शाक्यद्वारा पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै पुगेर सम्मान

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले पूर्वजनप्रतिनिधि चन्द्रानन्द नेवाःलाई सम्मान गरेका छन्। 

महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ पूर्वजनप्रतिनिधिसमेत रहेका नेवा:लाई प्रदान गरिएको हो।

स्वास्थ्य स्थितिका कारण पुरस्कार ग्रहण गर्न आउन नसकेकाले उनलाई प्रदान गरिएको एक लाखको उक्त पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्न प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष न्हुच्छेकाजी महर्जन उनको निजी निवासमै पुगेका थिए।

शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नगदसहित सम्मानपत्र प्रदान गरेपछि उनले भने, ‘मेरा लागि यो गौरवको क्षण हो।’

शाक्यले इतिहासलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै उनीबाट अझै धेरै नीतिगत कुरा सिक्न बाँकी रहेको बताए।

‘उहाँ मेरो गुरु र अविभावक दुवै हो,’ शाक्यले भने, ‘हामीले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका छौँ। धेरै नीतिगत कुरा उहाँबाट सिकेका छौँ। धेरै सिक्न बाँकी छ।’

प्रकाशित मिति: : 2020-12-16 15:52:00

प्रतिकृया दिनुहोस्