अभिनेता मिथुन चक्रवर्ती अस्वस्थ

बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्यमा खराबी देखिएको छ ।

वेभ सीरिज ‘कश्मीर फाइल्स’ सुटिङका लागि मसुरी पुगेका मिथुनको स्वास्थ्यमा अचानक समस्या देखिएको हाे।

उनलाई अचानक झाडा पखाला लागेको थियो । चिकित्सकको एक टोलीले उनी बसेको होटल सवाईमा पुगेर उनको उपचार गरेका थिए ।

उपचारपछि उनको स्वास्थ्यमा केही सुधार भएको छ ।

 

प्रकाशित मिति: : 2020-12-20 19:44:00

प्रतिकृया दिनुहोस्