उर्मिलाको आपत्ति– मेरो श्रीमान आतंकवादी र पाकिस्तानी होइन

बलिउडकी पूर्व नायिका उर्मिला मातोडकरले आफ्नो श्रीमानलाई सोसल मिडियाबाट भद्धा गाली गरेको भन्दै आपत्ति जनाएकी छिन्। उर्मिलाको श्रीमान मोहसिन अख्तर मीरसँग विवाह गरेकी थिइन। 

उर्मिलाले भनिन्, ‘मेरो श्रीमानलाई आतंकवादी र पाकिस्तानी भनिरहेका छन्। सबै कुराको हद हुुन्छ।’ 

उर्मिलाले विकिपिडियाको पेजमा छेडछाड भएको र आफ्नो आमाको नाम रुखसाना अहमद र बुवाको नाम शिवेन्द्र सिंह लेखिदिएको बताइन्।

‘यिनीहरू कहाँ बस्छन्, मलाई नै थाहा छैन। मेरो बुवाको नाम श्रीकान्त मातोडकर हो र आमाको नाम सुनिता हो,’ उनले भने। 

उनले आफ्नो श्रीमान कस्मिरी मुस्लिम भएको बताइन्। उर्मिलाले सेप्टेम्बर २०१९ मा काँग्रेस पार्टी छोडेकी थिइन। हालै उनले शिवसेना पार्टीका सदस्यता पुरा गरेकी थिइन।

प्रकाशित मिति: : 2020-12-20 22:18:00

प्रतिकृया दिनुहोस्